शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

उद्योगमा बिजुली काटिएपछि बोल्यो उद्योग वाणिज्य महासंघ, लाल आयोगको प्रतिवेदन कार्यान्वयन गर्न माग

उद्योगमा बिजुली काटिएपछि बोल्यो उद्योग वाणिज्य महासंघ, लाल आयोगको प्रतिवेदन कार्यान्वयन गर्न माग

काठमाडौं । उद्योगी तथा व्यसायीको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले उद्योगमा बिजुली जोड्न नेपाल विद्युत प्राधिकरणलाई आग्रह गरेको छ । महासंघले शुक्रबार विज्ञप्ति जारी गर्दै विवाद समाधानका लागि लाइन नकाट्न र हाल उद्योगमा काटिएको बिजुली तत्कालै जडान गरी वार्ताद्धारा सबैपक्ष बसेर समाधान खोज्नु आवश्यक रहेको ठहर गरेको छ ।

‘विगतमा उद्योगमा जडित डेडिकेटेड फिडर र ट्रंकलाइनको भुक्तानी सम्बन्धि विवाद वार्ताद्धारा समाधान गर्न महासंघ सम्बन्धित सबै पक्षमा आग्रह गर्दछ’ विज्ञप्तिमा भनिएको छ ।

विवादका कारण बारम्बार उद्योगहरुको बिजुलीको लाइन काटिदा उत्पादन प्रभावित हुनुका साथै लगानीको वातावरणमा प्रतिकूल असर परि गलत सन्देश जाने महासंघले स्पष्ट पारेको छ ।

विभिन्न समयमा विभिन्न प्रक्रियाबाट बिजुली उपलब्ध गराइएको र उपभोग भए नभएको बिषयमा उद्यमी र प्राधिकरणबीच मत भिन्नता रहेको भन्दै महासंघले उपभोगको प्रमाणको आधारमा अतिरिक्त विद्युत महसुल भुक्तानी गर्नेमा उद्यमीहरु तयार रहेको जानकारी गराएको छ ।

महासंघको पहलमा डेडिकेटेड फिडर र ट्रंकलाइन विवाद सदाका लागि अन्त्य गर्न सर्वोच्च अदालतका पूर्व न्यायधीश गिरिशचन्द्र लालको अध्यक्षतामा आयोग गठन भएको र उक्त आयोगले बुझाएको प्रतिवेदन कार्यान्वयन हुन सकेको महासंघले जानकारी गराएको छ ।

लाल आयोगको प्रतिवेदनको पृष्ठभुमिमा वार्ताको माध्यमबाट लामो समयदेखि डेडिकेटेड फिडर र ट्रंकलाइन सम्बन्धि समस्या समाधानका लागि विद्युत प्राधिकरणको सक्रिय भूमिकका आवश्यक भएको ठहर महासंघले गरेको छ ।

अत: तत्कालै काटिएको सम्पूर्ण उद्योगहरुको लाइन जडान गरी लाल आयोगको प्रतिवेदनको सिफारिसको आधारमा सदाको लागि डेडिकेटेड फिडर र ट्रंकलाइन सम्बन्धि लामो समयदेखि थाती रहेको समस्या समाधानको पहल गर्न महासंघले सरकार एवं अन्य सम्बन्धित निकाय समक्ष माग गरेको छ ।

विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइन वापतको महसुल नतिरेको भन्दै बिहीबार राती ३४ वटा उद्योगको लाइन काटेको थियो । लाइन काटिएको भोलिपल्टै महासंघले विज्ञप्ति निकालेर भुक्तानी विवाद वार्ताबाट समाधान गर्न र तत्कालै लाइन जोड्न आग्रह गरेको हो ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend