सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

सरकारले आफ्नो दलका भ्रष्टहरूको संरक्षण गर्यो : नेता तामाङ

सरकारले आफ्नो दलका भ्रष्टहरूको संरक्षण गर्यो : नेता तामाङ

काठमाडौँ । नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य परशुराम तामाङले सरकारले भ्रष्टहरूको संरक्षण गरेको बताएका छन् । शनिबार माओवादी केन्द्रले काठमाडौँमा गरेको खबरदारी सभामा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले कांग्रेस एमालेको सरकारलेले रवि लामिछानेलाई पक्राउ गरेर आफ्नो दलका भ्रष्टहरूको संरक्षण गरेको बताए ।

नेता तामाङले कांग्रेस एमालेको सरकार दलाल र बिचौलियालाई राज गर्न दिनका लागि मात्रै बनेको बताए ।

उनले गत असोज ११ र १२ गते आएको बाढी पहिरोको घटनामा सरकार लाचार बनेको बताए । देशलाई आपत् पर्दा केपी ओली अमेरिका भ्रमणमा मस्त भएको र जनताप्रति उत्तरदायी नभएको उनले बताए ।

नेता तामाङले सरकारले नैतिक धरातल गुमाएको बताए ।
उनले प्रधानमन्त्री ओलीलाई नैतिकताको आधारमा राजीनामा गर्न आग्रह गरे ।

उनले मुद्दा चलेको व्यापारीबाट अरबौँ घुस लिएको भन्दै आपत्ति जनाए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend