आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

जसपा नेपालको नवलपुर जिल्ला समिति गठन

जसपा नेपालको नवलपुर जिल्ला समिति गठन

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको नवलपुर जिल्ला समिति गठन भएको छ । नवलपुरको गैडाकोटमा आयोजित विस्तारित बैठकबाट ओमबहादुर रानाको अध्यक्षतामा १७ सदस्यीय जिल्ला समिति गठन गरिएको हो । पार्टीका उपाध्यक्ष शिवलाल थापाको उपस्थितिमा सो समिति पुनर्गठन गरिएको हो ।

जसपा नेपालको चार महिने आधारभूत संगठन निर्माण अभियानअन्तर्गत गण्डकी प्रदेश समितिले प्रदेशअन्तर्गतका जिल्लामा संगठन गठन, पुनर्गठन गर्ने तथा विस्तारित बैठकको आयोजना गर्ने काम गरिरहेको छ । यसअघि तनहुँ जिल्लाको विस्तारित बैठक सम्पन्न गरिएको थियो ।

प्रदेशअन्तर्गतका पार्टीका केन्द्रीय नेताहरु पालिका समिति गठन, पुनर्गठनको जिम्मेवारीमा खटिएका छन् ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend