मंगलबार, बैशाख २३ २०८२

मंगलबार, बैशाख २३ २०८२

जनकपुरधामबाट लागुऔषध गाँजासहित १ जना पक्राउ

जनकपुरधामबाट लागुऔषध गाँजासहित १ जना पक्राउ

धनुषा । लागुऔषध गाँजासहित धनुषा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । २२१ केजी ३८ ग्राम गाँजासहित प्रहरीले प्रकाश लुड्वालाई पक्राउ गरेको हो ।

धनुषा प्रहरीबाट विशेष सूचनाको आधारमा खटेको टोलीले जनकपुरधाम १४ बाबा आयल सेन्टर अगाडीबाट भिमफेदी गाउँपालिका २ का २४ वर्षीय लुड्वालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक भूवनेश्वर तिवारीले बताए ।

मकवानपुरको भिमफेदीबाट जनकपुरतर्फ आउदै गरेको ना.५ ख. १७७ नम्बरको मिनी ट्रकलाई रोकेर चेकजाँच गर्दा उक्त ट्रकको पछाडीपट्टीको बडिको भागमा फल्स बटम बनाई लुकाई छिपाई गरि ल्याउँदै गरेको प्रतिवन्धित २ सय २१ केजी लागुऔषध गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend