शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

सेमिफाइलनमा नेपालले भारतसँग खेल्दै, यी हुन् नेपालको पहिलो रोजाईका खेलाडी

सेमिफाइलनमा नेपालले भारतसँग खेल्दै, यी हुन् नेपालको पहिलो रोजाईका खेलाडी

काठमाडौँ । साफ वुमन्स च्याम्पियनसिपको दोस्रो सेमिफाइलनमा नेपालले आज भारतसँग खेल्दैछ ।

दशरथ रंगशालामा हुने च्याम्पियनसिपको दोस्रो सेमिफाइनलमा नेपालले भारतविरुद्ध खेल्ने प्लेइङ ११ सार्वजनिक गरेको छ ।

साँझ साढे ६ बजेदेखि काठमाडौँस्थित दशरथ रंगशालामा हुने यस खेलमा नेपालका लागि कप्तान समेत रहेकी गोलकिपर अन्जिला सुब्बा पहिलो रोजाईमा रहेकी छन् भने पुजा राना, बिमला विक, अमृता जोशी, रेनुका नगरकोटी, सावित्रा भण्डारी साम्बा, गीता राना, रेखा पौडेल, प्रिती राई सबिता राना मगर र अमिषा कार्की, पहिलो रोजाइमा रहेका छन् ।

सेमिफाइनलमा जित्ने टोली फाइनलमा प्रवेश गर्ने छ ।

आज भएको पहिलो सेमिफाइनल खेलमा बंगलादेशले भुटानलाई ७–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend