सोमबार, चैत्र २५ २०८१

सोमबार, चैत्र २५ २०८१

व्यवसायी मीनबहादुर गुरुङले दान दिएको जग्गा सर्वोच्चद्धारा रोक, एमालेलाई लाग्यो झड्का

व्यवसायी मीनबहादुर गुरुङले दान दिएको जग्गा सर्वोच्चद्धारा रोक, एमालेलाई लाग्यो झड्का

काठमाडौं । सर्वोच्च अदालतले नेकपा एमालेको पार्टी कार्यालय निर्माणका लागि व्यवसायी मीनबहादुर गुरुङले दानमा दिएको जग्गा विवादमा अन्तरिम आदेश जारी गरेको छ।

सर्वोच्चले व्यवसायी गुरुङबाट दानमा लिएको जग्गामा पार्टी कार्यालय भवन निर्माण तत्काल अघि नबढाउन आदेश दिएको छ । न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले आज यस्तो आदेश दिएको हो ।

यो विवादमा रिट निवेदक ज्ञान बस्नेतसमेत र विपक्षी नेकपा एमाले, व्यवसायी मीनबहादुर गुरुङलाई छलफलमा बोलाएको छ ।

अन्तरिम आदेशका लागि हुने उक्त छलफलअघि पार्टी कार्यालय भवन निर्माण यथास्थितिमा राख्ने अल्पकालीन अन्तरिम आदेश जारी भएको हो ।

गुरुङले एमालेको केन्द्रीय कार्यालय बनाउन असोज २५ गते दशैंको फुलपातीको दिन काठमाडौँको कीर्तिपुर नगरपालिका–२, मैत्रीनगरमा एमाले पार्टी कार्यालयको शिलान्यास गरेका थिए, त्यहाँ उपस्थित व्यवसायी मीनबहादुर गुरुङले आफूले एमालेलाई जग्गा दान दिएको र एक वर्षभित्र भवन पनि बनाइदिने घोषणा गरेका थिए ।

त्यसपछि अदालतमा मुद्दा चलिरहेको व्यक्तिसँग प्रधानमन्त्रीले जग्गा दान लिएको भन्दै चर्को आलोचना भइरहेको छ ।

रिटमा मुलुकको कार्यकारी पदमा बसेर दानका रूपमा विवादित व्यवसायीबाट यति ठुलो सम्पत्ति दान लिनु भ्रष्टाचार नै भएको दाबी गरिएको थियो ।

 

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend