
कात्तिक २१ काठमाडौं – कोरोना संक्रमित कलाकार मनोज गजुरेलको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि आइसीयूमा राखिएको छ। बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचार गराइरहेका गजुरेलको फोक्सोमा समस्या देखिएपछि उनलाई आइसीयूमा राखेर उपचार गरिएको हो ।
गजुरेलमा अक्सिजनको कमी भएको र फोक्सोमा संक्रमण देखिएको उनी संक्रमित भएयता स्वास्थ्यबारे निगरानी गर्दै आएका जनस्वास्थ्यविज्ञ डा. रवीन्द्र पाण्डेले जानकारी दिए।
गजुरेललाई कात्तिक १० गते उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो। आफ्ना दाजुलाई अस्पताल ल्याउने लैजाने क्रममा उनलाई पनि संक्रमण भएको बताइएकाे छ। संक्रमितको भएकोबारे उनले सामाजिक सञ्जालमार्फत जानकारी गराएका थिए।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend