सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

रवि लामिछानेलाई रिहा गर्न माग गर्दै रास्वपाको बालुवाटार केन्द्रित प्रदर्शन, ५१ जना पक्राउ

रवि लामिछानेलाई रिहा गर्न माग गर्दै रास्वपाको बालुवाटार केन्द्रित प्रदर्शन, ५१ जना पक्राउ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको रिहा गर्न माग गर्दै रास्वपाले मंगलबार बालुवाटार केन्द्रित गरेको प्रदर्शन गरेको छ ।

प्रदर्शनका क्रममा ५१ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई काठमाडौँका विभिन्न प्रहरी वृत्तमा राखिएको छ ।

पक्राउ पर्नेमा सांसद अशोक चौधरीसहित ५१ जना नेता कार्यकर्ता रहेका छन् । प्रदर्शनका क्रममा रास्वपाका नेता कार्यकर्ताले निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सहकारी ठगी प्रकरणमा कात्तिक २ गते लामिछाने पक्राउ परेका थिए । त्यसपछि रास्वपाले निरन्तर प्रदर्शन गर्दै आएको छ ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend