logo

२०८१ मंसिर २० बिहिबार

logo
  • बिहिबार, २० मंसिर २०८१
  • फाइनल पुग्नका लागि दिल्ली र हैदराबादको भिडन्त आज, कसले मार्ला बाजी ?

    फाइनल पुग्नका लागि दिल्ली र हैदराबादको भिडन्त आज, कसले मार्ला बाजी ?

    3.3K
    Shares

    कात्तिक २३ काठमाडौं – यस सिजनको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको दोस्रो क्वालिफायर आज हुँदैछ।  फाइनल प्रवेशका लागि आज दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबाद भिड्दै छन्। 

    बेलुका पौने ८ बजे यूएईको आबुधाबीमा हुने खेलले फाइनल खेल्ने टोलीको निर्धारण गर्नेछ।  आजको खेलको बिजेता टोली फाइनलका लागि छनोट हुनेछ। विजेता टोलीले फाइनलमा उपाधिका लागि मुम्बई इण्डियन्सको सामना गर्नेछ भने पराजित हुने टोली बाहिरिनेछ। 

    पहिलो क्वालिफायरमा मुम्बई इन्डियन्ससँग ५७ रनले पराजित हुँदा फाइनलमा पुग्ने अवसर गुमाएको दिल्ली हैदराबादलाई हराउँदै पहिलो पटक फाइनलमा पुग्ने लक्ष्यका साथ मैदान उत्रनेछ । हैदराबाद पनि दिल्लीलाई हराउँदै तेस्रो पटक फाइनलमा पुग्ने लक्ष्यमा छ ।

    लिग चरणका दुवै खेलमा हैदराबादले दिल्लीलाई हराएको थियो । त्यसैले टोलीले दोस्रो क्वालिफायरमा पनि जित निकाल्न सक्यो भने ह्याट्रिक जस्तै हुनेछ । यही पृष्ठभूमिका कारण हैदराबादका खेलाडी उत्साही हुनेछन् । दिल्ली भने यो सबै स्थितिका ठीक विपरीत अवस्थामा छ । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend