सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

भ्रष्टाचार मुद्दामा पूर्वमुख्यसचिव अर्यालले पाए सफाइ, पौडेल र श्रेष्ठ दोषी ठहर

भ्रष्टाचार मुद्दामा पूर्वमुख्यसचिव अर्यालले पाए सफाइ, पौडेल र श्रेष्ठ दोषी ठहर

काठमाडौं । पूर्वमुख्यसचिव डा. वैकुण्ठ अर्यालले भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन् । सुरक्षण मुद्रण केन्द्रबाट अन्तशुल्क स्टिकर छाप्न निजी कम्पनीलाई ठेक्का दिएको भ्रष्टाचार मुद्दामा विशेष अदालतले पूर्वमुख्यसचिव अर्याललाई सफाइ दिएको हो ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, न्यायाधीशहरू खुशीप्रसाद थारु र रितेन्द्र थापाको इजलासले अर्याललाई सफाइ दिएको हो ।

यो मुद्दामा विशेष अदालतले निलम्बित मुख्यसचिव डा. अर्यालसहित १० जनालाई सफाइ दिँदा विकल पौडेल र सफल श्रेष्ठलाई भने दोषी ठहर गरेको छ । उनीहरुलाई सजाय निर्धारण भने २५ मंसिरमा हुने छ ।

सुरक्षण मुद्रण केन्द्रबाट निजी क्षेत्रलाई अन्तशुल्क स्टिकर छाप्न ठेक्का दिँदा भ्रष्टाचार गरेको आरोपमा अख्तियारले उनीहरुविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

उनीहरुविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३८ करोड ६७ लाख १७ हजार ६ सय ४० रुपैयाँको बिगो दाबी गर्दै मुद्दा दायर गरेको थियो ।

यो पनि :

मुख्यसचिव बैकुण्ठ अर्यालसहित १२ जनाविरुद्ध भष्ट्राचार मुद्धा, अख्तियारद्धारा ३८ करोड ६७ लाख बिगो माग दावी

विशेष अदालतद्वारा भ्रष्टाचार मुद्दामा निलम्बित मुख्यसचिव अर्यालसँग ५० हजार धरौटी माग

मुख्यसचिव बैकुण्ठ अर्यालविरुद्धको मुद्धा विशेष अदालतमा रुजु हुँदै, दर्तापछि स्वत: निलम्बनमा पर्ने

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend