मंगलबार, बैशाख २३ २०८२

मंगलबार, बैशाख २३ २०८२

सशस्त्र प्रहरी बल सुनसरीद्वारा चार महिनामा एक करोड ६० लाख राजस्व सङ्कलन

सशस्त्र प्रहरी बल सुनसरीद्वारा चार महिनामा एक करोड ६० लाख राजस्व सङ्कलन

इनरुवा (सुनसरी) । सशस्त्र प्रहरी बल ४ नम्बर गण सुनसरीले चालु आर्थिक वर्षको चार महिनामा रु एक करोड ६० लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।

सीमावर्ती क्षेत्रबाट हुने चोरी तस्करी नियन्त्रण अभियानअन्तर्गत जिल्लाको विभिन्न स्थानबाट रु एक करोड ६० लाखभन्दा बढी राजस्व सङ्कलन गरेको सशस्त्र प्रहरी उपरीक्षक समेनन्द बज्राचार्यले जानकारी दिए ।

उनका अनुसार गत साउनमा रु ४७ लाख ३४ हजार चार सय ६९, भदौमा रु ६१ लाख पाँच हजार पाँच सय दुई, असोजमा रु ३२ लाख नौ हजार पाँच सय ३६ र कात्तिकको हालसम्म रु १९ लाख ५३ हजार छ सय ३७ राजस्व सङ्कलन भएको हो ।

सीमा क्षेत्रमा हुने चोरीतस्करी नियन्त्रणका क्रममा विभिन्न किसिमका भन्सार छलीका सामग्री पक्राउ गरेर भन्सार कार्यालयमा बुझाउँदा सो बराबरको राजस्व सङ्कलन भएको प्रहरी उपरीक्षक बज्राचार्यले बताए ।

उनका अनुसार सशस्त्र प्रहरी बल ४ नम्बर गण मातहत सुरक्षा पोष्ट र बिओपीबाट राजस्व सङ्कलन हो ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend