logo

२०८१ मंसिर ६ बिहिबार

logo
  • बिहिबार, ६ मंसिर २०८१
  • प्रधानमन्त्री ओलीलाई पदबाट हटाउन देशी, विदेशी प्रतिक्रियावादीहरु अभियानमा छन् : सञ्चारमन्त्री गुरुङ

    प्रधानमन्त्री ओलीलाई पदबाट हटाउन देशी, विदेशी प्रतिक्रियावादीहरु अभियानमा छन् : सञ्चारमन्त्री गुरुङ

    1K
    Shares
    प्रधानमन्त्री ओलीलाई पदबाट हटाउन देशी, विदेशी प्रतिक्रियावादीहरु अभियानमा छन् : सञ्चारमन्त्री गुरुङ

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले देशी/विदेशी प्रतिक्रियावादीहरु प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट हटाउने अभियानमा रहेको टिप्पणी गरेका छन् ।

    देश र जनताका लागि निःश्वार्थ भावका साथ काम गरिरहेको व्यक्ति ओली भएपनि उनलाई देशी, विदेशी प्रतिक्रियावादीहरुले एक्ल्याउने र पदबाट हटाउने अभियान नै सञ्चालन गरिरहेको सञ्चारमन्त्री गुरुङको जिकिर थियो । बिहीबार काठमाडौंमा नेकपा (एमाले) वागमती प्रदेश सम्पर्क कमिटीद्वारा आयोजित देउसी–भैलो कार्यक्रममा बोल्दै उनले ओलीलाई एक्ल्याउने षड्यन्त्रविरुद्ध प्रतिवाद गर्न पनि एमाले, नेता कार्यकर्तालाई सचेत गराए । उनले ओलीमाथिको आक्रमण सिंगो नेपाल र नेपालीमाथिको आक्रमण भएकाले एमाले नेता, कार्यकर्ताले त्यसको प्रतिवादका लागि फेसबुक, टिकटक जस्ता सामाजिक सञ्जालको अधिक प्रयोग गर्नुपर्ने बताए ।

    एमाले उपमहासचिव समेत रहनुभएका सञ्चामन्त्री गुरुङले पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीमाथि ठूलो षड्यन्त्रहुँदा पनि पार्टी पंक्ति त्यसको पक्षमा नभिएको भन्दै असन्तुष्टि समेत व्यक्त गरे ।

    उनले भन, ‘नयाँ पार्टीहरुले त्यही भाष्य बनाएका छन् । देशी, विदेशीहरुले त्यही भाष्य बनाएका छन् । हामीलाई कसरी एक्लो पारौँ ? भनेका छन् । हामो अध्यक्षलाई कसरी एक्ल्याउने भनेका छन ? प्रधानमन्त्रीबाट हटाउने भन्ने अभियानमा छन् । त्यसमा हाम्रा शतर्कता खै ? यो मुलुकका लागि केहीन केही योगदान गरिएको छ । निःस्वार्थ रुपमा देशका लागि काम गरिएको छ । त्यो व्यक्ति केपी ओली नै हो । तर उनी जहाँ जाँदा पनि किन नारा लागि रहेको छ ? त्यसकारण त्यसकारण हामीले किन त्यसको उत्तर दिन सकिरहेका छैनौ ? यति ठूलो षड्यन्त्र छ, त्यो षडयन्त्रको विरुद्धमा बोल्ने कोही छैन । बोल्नुपर्दैन ? लेख्नुपर्दैन टिकटक चलाउेहरु, फेसबुक चलाउनेहरुले ? घिनलाग्दो हर्कत गरिरहेका हुन्छन, त्यसको प्रतिवाद गर्नुपर्दैन ? कहाँ गयो हाम्रो साईवर सेना ? सबैले त्यो गर्नु पर्यो । त्यो एउटा व्यक्तिमाथिको मात्रै आक्रमण होइन ।

    केपी ओली प्रतिपक्षका नेता भईन्जेल कसैले आक्रमण गरेको थियो ? केपी ओली कमजोर बनाईयो भने एमाले कमजोर बन्छ भन्ने मान्यताका आधारमा मानिसहरुले यो हर्कत गरिरहेका छन । ओलीमाथिको आक्रमण सिंगो श्रमजीवि जनतामाथिको आक्रमण हो । सिंगो नेपाली जनतामाथिको आक्रमण हो । सिंगो एमालेमाथिको आक्रमण हो । त्यो कुरा हामीले बुझ्नुपर्दछ ।’

    मन्त्री गुरुङले सरकारले देश र जनताको हितमा धेरै काम गरेको दाबी समेत गरे । सरकारले आफनो सय दिनको कार्यकालमा मुलुक र जनताको अहितमा एउटा पनि काम नगरेको उनले दाबी गरे । मन्त्री गुरुङले नयाँ भनिएका पार्टीहरुले ठूलो पार्टीहरुले केही पनि गरेनन भनेर गलत भाष्य सृजना गर्न खोजेको उल्लेख गर्दै त्यसका विरुद्ध वैचारिक संघर्ष गर्नुपर्नेमा पनि जोड दिए ।

    उनले भने, ‘म यो नेपाल सरकारको प्रवक्ताको हैसियतले के भन्न चाहन्छु भने हामी सरकारमा आएको सय दिन पुगि सकेका छौं । यस अवधि भित्र हामीले मुलुकको अहितमा एउटा पनि निर्णय गरिएको छैन । साह्रै ठूलो परिवर्तन हुने निर्णय नगरेपनि हामीले मुलुकको हितमा, जनताको हितमा धेरै काम गरेका छौं । तर आज पनि प्रश्न उठिराखेको छ खै, सरकारले केही गरेन, केही गरेन भनेर ।

    ठूला पार्टीले केही गरेनन् भनेर । ठूलो पार्टीहरु कांग्रेस, एमाले, माओवादीलगायतका चलिराखेका पार्टीहरु भन्नुस्न । यी सबै काम नलाग्ने, केही नगरेको भन्ने जुन भाष्य निर्माण गर्न खोजिदैछ, यसको विरुद्धमा हामीले हाम्रो पार्टीभित्र वैचारिक संघर्ष चलाउनुपर्नेछ । हाम्रो संगठनलाई यसै अनुरुप ढाल्नुपर्दछ ।’

    सञ्चारमन्त्री गुरुङले एमाले मुख्यालय निर्माणमा लागि व्यवसायी मिनबहादुर गुरुङले दिएको दानको विषयलाई पनि अनावश्यक ढंगले उचालेर एमालेलाई कमजोर बनाउने काम भईरहेको बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend