सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

रवि लामिछानेलाई आज अदालत लगिँदै

रवि लामिछानेलाई आज अदालत लगिँदै

पोखरा । सहकारी ठगी मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई आज कास्की जिल्ला अदालतमा लगिँदै छ । जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका उनलाई कास्की जिल्ला अदालतमा म्याद थपका लागि लगिने भएको हो ।

उनको हिरासतमा बस्ने म्याद गत १४ गते बुधबार नै सकिएको थियो । तिहारको सार्वजनिक बिदाका कारण उनको म्याद थप हुन सकेको छैन ।

उनको थप सात दिन म्याद थप हुन सक्ने सम्भावना छ । सरकारी वकिलको कार्यालयले लामिछानेसँग बयान लिने काम सकिसकेको छ ।

कार्तिक २ गते शुक्रबार काठमाडौँबाट पक्राउ परेका लामिछानेलाई शनिबार ३ गते बिहान कास्की ल्याइएको थियो ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend