मंगलबार, बैशाख २३ २०८२

मंगलबार, बैशाख २३ २०८२

तिहारपछि ह्वात्तै घट्यो सुनको मूल्य, तोलाको कति ?

तिहारपछि ह्वात्तै घट्यो सुनको मूल्य, तोलाको कति ?

काठमाडौं । आज सुनको भाउ घटेको छ । तिहारपछि पहिलो कारोबार दिन सुनको भाउ तोलामा २९०० रुपैयाँले घटेको हो ।

तिहारअघि गत बिहीबार सुनको भाउ हालसम्मकै उच्च प्रतितोला १ लाख ७१ हजार १०० रुपैयाँ पुगेको थियो । आज मंगलबार १ लाख ६८ हजार २०० रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको भाउ तिहारपछि तोलामा ६० रुपैयाँ घटेको छ । गत बिहीबार प्रतितोला २०९० रुपैयाँ रहेको चाँदी आज २०३० रुपैयाँ कायम भएको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend