सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

रिहाइको माग गर्दै रवि लामिछानेका समर्थकद्वारा पोखरामा प्रदर्शन

रिहाइको माग गर्दै रवि लामिछानेका समर्थकद्वारा पोखरामा प्रदर्शन

काठमाडौँ । रास्वपाका सभापति रवि लामिछानेका समर्थकहरुले आज पोखरामा प्रदर्शन गरेका छन् । पोखरास्थित जिरो किलोमा भेला भएर रास्वपाका नेता कार्यकर्तासहितका समर्थकले लामिछानेको पक्षमा प्रदर्शन गरेका हुन् ।

सहकारी ठगी प्रकरणमा सभापति लामिछानेविरुद्ध अनुसन्धान चलिरहेको छ । तर समर्थकहरूले भने प्रतिशोधपूर्ण तबरले फसाउन खोजिएको दाबी गर्दै प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागीहरूले लामिछानेको रिहाइको माग गरेका छन् ।

लामिछानेलाई सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि म्याद थप गर्न आज कास्की जिल्ला अदालतमा पेस गरिएको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend