logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • सहकारी ठगी प्रकरण : मित्र मिलन सहकारीका उपाध्यक्ष विजय लम्साल पक्राउ

    सहकारी ठगी प्रकरण : मित्र मिलन सहकारीका उपाध्यक्ष विजय लम्साल पक्राउ

    672
    Shares
    सहकारी ठगी प्रकरण : मित्र मिलन सहकारीका उपाध्यक्ष विजय लम्साल पक्राउ

    पोखरा । पोखराको मित्र मिलन बचत तथा ऋण सहकारी लिमिटेडका उपाध्यक्ष विजय लम्साल पक्राउ परेका छन् ।

    जिल्ला अदालत कास्कीबाट पक्राउ पुर्जी जारी भएपछि फरार भएका लम्साललाई मङ्गलवार पोखरा महानगरपालिका–२ अर्चलबोटबाट पक्राउ गरिएको हो ।

    मित्रमिलन सहकारीको २८ करोड ठगी आरोपमा प्रहरीले उनीविरुद्द पक्राउ पुर्जी जारी गरेको थियो ।

    सहकारी ठगीमा संलग्न रहेका लम्साल लामो समयदेखि फरार थिए ।

    सहकारीको ३१ करोड बिगो दाबीसहित ३२ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीले सरकारी वकिलको कार्यालयमा पेस गरेको थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend