काठमाडौं । बुधबार सुनको भाउ बढेको छ । आज सुन तोलामा ३ सय रुपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि प्रतितोला मूल्य १ लाख ६८ हजार ५ सय रुपैयाँ तोकिएको छ । अघिल्लो दिन १ लाख ६८ हजार २ सय रुपैयाँ थियो ।
त्यसअघि कात्तिक १५ गते सुनको भाउ हालसम्मकै उच्च प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो ।
त्यस्तै, आज चाँदीको भाउ भने तोलामा १५ रुपैयाँ घटेको छ । अघिल्लो दिन तोलाको २०३० रुपैयाँ रहेको चाँदी आज २०१५ रुपैयाँ तोकिएको छ ।