२०८३, आषाढ १४ गते

आइतवार, आषाढ १४ गते २०८३

आगामी निर्वाचनमा कांग्रेसले गठबन्धन गर्दैन : पूर्वउपसभापति श्रेष्ठ

बुधवार , कार्तिक २१, २०८१

वालिङ (स्याङ्जा) । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वउपसभापति गोपालमान श्रेष्ठले आगामी निर्वाचनमा नेपाली कांग्रेसले कुनै दलसँग गठबन्धन नगर्ने बताएका छन् ।

नेपाली कांग्रेस स्याङ्जा क्षेत्र नं २ ले आज यहाँको वालिङमा आयोजना गरेको नेता कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेता श्रेष्ठले अब हुने सबै निर्वाचनमा नेपाली कांग्रेस गठबन्धन बिना प्रतिस्पर्धामा उत्रने बताएका हुन् । त्यसका लागि तयारीमा लाग्न नेता कार्यकर्तालाई निर्देशन दिए ।

“कांग्रेसले निर्वाचनका बेला कुनै पनि पार्टीसँग गठबन्धन गर्दैन”, उनले भने, “निर्वाचन सम्पन्न भइसकेपछि भने सरकार निर्माण प्रक्रियामा अन्य पार्टीसँग गठबन्धन हुनसक्छ ।” पार्टीभित्र देखिएको गुटबन्दीलाई जरैदेखि अन्त्य गर्दै अब नेता कार्यकर्ता एकजुट भई सङ्गठन बलियो बनाउनतर्फ लाग्नुपर्ने बेला आएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट