काठमाडौँ । प्रतिनिधिसभाबाट आर्थिक विधेयक २०८३ पारित भएको छ ।
आइतबार बसेको संसद बैठक आर्थिक विधेयक २०८३ पारित गरेको हो ।
बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले राखेको उक्त विधेयक पारित गरियोस भन्ने प्रस्ताव बहुमतले पारित भएको हो ।
सांसदहरू हरिप्रसाद भुसाल र सुशील खड्काले सो विधेयकमाथि राखेको संशोधन फिर्ता लिए ।
सांसदहरू गङ्गालक्ष्मी अवाल, डा पुष्पराज कँडेल, हर्कराज राई, पार्वती विक र नरेन्द्रकुमार केरुङले उक्त विधेयकमाथि राखेको संशोधन बहुमतले अस्वीकृत गरेको थियो । प्रतिनिधिसभामा ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३’ माथि दफावार छलफल जारी छ ।
प्रतिक्रिया दिनुहोस