२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

विद्युत प्राधिकरण सञ्चालक समिति बैठक : उद्योगमा काटिएको लाइन जोड्ने निर्णय

मंगलवार , कार्तिक २७, २०८१

काठमाडौं। नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिको बैठकले उद्योगहरुमा बिजुलीको लाइन जोड्ने निर्णय गरेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काको अध्यक्षतामा मंगलबार दिउँसो बसेको सञ्चालक समिति बैठले उद्योगमा काटिएको बिजुली लाइन जोड्ने निर्णय गरेको हो।

मन्त्रालयमा आज बसेको बोर्ड बैठकले कात्तिक २५ गतेको मन्त्रिपरिषद् बैठकको निर्णय कार्यान्वयन गर्दै काटिएका उद्योगमा तत्काल बिजुली जोड्ने निर्णय गरेको बोर्डका अध्यक्ष एवम् ऊर्जामन्त्री खड्काले जानकारी दिए । “१५ दिनभित्र टाइम अफ डे (टिओडी) मिटरका आधारमा बक्यौता असुलउपर गर्ने मन्त्रिपरिषद्को निर्णयलाई कार्यान्वयन गरेर अगाडि बढ्ने निर्णय भएको छ,” मन्त्री खड्काले भने ।

आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले लाइन काटिएका उद्योगमा २४ घण्टाभित्र लाइन जोड्न लगाउने, टिओडी मिटर हेरेर १५ दिनभित्र महशुल बक्यौता उठाउन निर्देशन दिएको थियो । मन्त्रिपरिषद बैठकले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्र लालको अध्यक्षतामा गठित जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको थियो। मन्त्रिपरिषद्को निर्णय अनुसार ऊर्जाले सोमबार १ सय ९५ पृष्ठको प्रतिवेदन सार्वजनिक गरिसकेको छ।

प्राधिकरणले विद्युत् प्रयोग गरेवापत बिल दिनुपर्ने र व्यवसायीले सोअनुसार रकम तिर्नुपर्ने उनले जानकारी दिए । “बिल दिन सकेन भने प्राधिकरणका कर्मचारीमाथि कारबाही हुन्छ, तिर्नुपर्ने पैसा तिरेन भने व्यवसायीमाथि कारबाही हुन्छ,” मन्त्री खड्काले भने ।

विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनको सुविधा लिएर महसुल नतिरेका ३४ उद्योगको लाइन कात्तिक ८ गते राति काटेको थियो। तीमध्ये ६ उद्योगले किस्तामा बक्यौता तिर्न थालेपछि लाइन जोडिएको थियो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट