logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • एमाले जनप्रतिनिधिद्वारा पोखरा महानगरको विशेष नगरसभा माग

    एमाले जनप्रतिनिधिद्वारा पोखरा महानगरको विशेष नगरसभा माग

    329
    Shares
    एमाले जनप्रतिनिधिद्वारा पोखरा महानगरको विशेष नगरसभा माग

    पोखरा । नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिले पोखरा महानगरपालिकाको विशेष नगरसभाको माग गरेका छन् । उनिहरुले विशेष नगर सभाको माग गदै आज नगर प्रमुख धनराज आचार्यलाई हस्ताक्षर सहितको पत्र बुझाएका हुन् ।

    पोखरा महानगरपालिका वडानम्बर १७ अध्यक्ष एवं एमाले दल नेता राधिका शाही योगीले नगर प्रमुख आचार्यलाई हस्ताक्षर बुझाइन् । स्थानीय सरकार संचालन ऐन २०७४ को परिच्छेद ४ दफा १९ को उपदफा ३ ले गरेको व्यवस्था र पोखरा महानगरपालिकाको नगरसभा संचालन कार्यविधि २०७४ को परिच्छेद २ को दफा ३ को उपदफा ३ अनुसार विशेष नगरसभाको माग गरिएको हो ।

    महानगरको संगठन संरचना नबन्दा सम्म करारमा रहेका सम्पूर्ण कर्मचारीको म्याद थप गर्नुपर्ने पहिलो माग छ ।
    महानगरपालिकाको संस्थागत सुशासन र विधिको शासन कायम गर्न बान्छनीय भएकाले विशेष नगर सभा आहन गर्न मा गरिएको नेता शाहीले बताइन् ।

    एमालेबाट निर्वाचित ८७ जनप्रतिनिधिले विशेष अधिवेशनको माग गरेका हुन् । नगर सभामा १ सय ७० जना सदस्य छन् । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १९ को उपदफा ३ मा सभाका एकतिहाइ सदस्यले सभाको बैठक बोलाउन आवश्यक छ भनी अध्यक्ष वा प्रमुखसमक्ष विषय कारण खुलाई लिखित अनुरोध गरेमा १५ दिनभित्र अध्यक्ष वा प्रमुखले सभाको विशेष अधिवेशन बोलाउनुपर्ने प्रावधान छ ।

    सोही व्यवस्थाअनुसार नगर प्रमुख धनराज आचार्यले अबको १५ दिनभित्र नगर सभा बोलाउनुपर्ने हुन्छ । नगर प्रमुख आचार्यले कानुनी प्रक्रिया बुझेर अघि बढ्ने बताए ।

    पोखरा महानगरमा करारका कर्मचारी र कामकाजमा खटिएका कर्मचारीको विवाद उत्कर्षमा पुगेको बेला एमालेले विशेष नगरसभाको माग गरेको हो । कार्तिक १५ गतेको ३७ औँ कार्यपालिका बैठकले करारका २८ जना कर्मचारीलाई कार्तिक महिनाको पारिश्रमिक दिएर विदा गर्ने निर्णय गरेको थियो । उक्त बैठकमा एमालेबाट निर्वाचिन जनप्रनिधि उपस्थित भएका थिएनन् ।

    दल नेता योगीले कार्यपालिकाले गरेको निर्णय सर्वस्विकार्य हुन नसकेकोले नगरसभाबाट उक्त विषय टुन्गाउनुपर्ने बताइन् । उक्त निर्णय नगरसभाबाट उल्टने उनले दावी गरिन् ।

    नगर सभामा एमालेको बहुमत छ । गत ३० वैशाखको स्थानीय तह निर्वाचनमा पोखरा महानगरपालिकामा १ सय ६७ जना जनप्रतिनिधि निर्वाचित भएका थिए ।

    महानगरमा एमालेले ८६, नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी) बाट गरी ८१ जना सदस्य जनप्रतिनिधि निर्वाचित भएका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend