२०८३, आषाढ १४ गते

आइतवार, आषाढ १४ गते २०८३

काठमाडौँ १६ को अध्यक्षमा कांग्रेसले पाठकलाई उम्मेदवार बनाउने, अन्य पार्टीबाट को ?

आइतवार , मंसिर २, २०८१

काठमाडौँ । नेपाली कांग्रेसले काठमाडौँ महानगरपालिकाको वडा नम्बर १६ को अध्यक्षमा देवेन्द्र पाठकलाई उम्मेदवारी बनाउने निर्णय गरेको छ ।

मंसिर १६ गते हुने उपनिर्वाचनका लागि कांग्रेसले पाठकलाई उठाउने निर्णय गरेको हो ।

पाठक कांग्रेस काठमाडौं महानगरपालिका वडा नम्बर १६ का सभापति हुन्।

काठमाडौं महानगर १६ मा २०७९ को वैशाखमा अध्यक्ष पदमा कांग्रेस उम्मेदवार मुकुन्द रिजाल निर्वाचित भएका थिए। २०८० भदौमा रिजालको निधन भएपछि वडाध्यक्ष पद रिक्त छ।

वडा नम्बर १६ को अध्यक्षमा नेकपा (एमाले) बाट लक्ष्मीरत्न तुलाधर उम्मेदवार छन् भने नेकपा (एकीकृत समाजवादी) बाट मीनबहादुर मानन्धर उम्मेदवार छन्।

एकीकृत समाजवादीका मानन्धरलाई नेकपा (माओवादी केन्द्र) को पनि समर्थन छ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीबाट रोजिना श्रेष्ठ उम्मेदवार छन्।

 

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट