२०८३, आषाढ १४ गते

आइतवार, आषाढ १४ गते २०८३

रास्वपाले कीर्तिपुर नगरपालिकामा उम्मेदवारी नदिने

आइतवार , मंसिर २, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले कीर्तिपुर नगरपालिकाको मेयरका लागि उम्मेदवारी नदिने भएको छ । रास्वपाले यही मंसिर १६ गते हुने मतदानका लागि कीर्तिपुर नगरपालिकामा उम्मेदवारी दर्ता नगराउने निर्णय गरेको हो ।

रास्वपाका काठमाडौं सभापति प्रदीप विष्टले कीर्तिपुर नगरपालिकामा स्वतन्त्र उम्मेदवारमध्ये कसलाई समर्थन गर्ने पार्टीले निर्णय लिने बताए ।

तर, कुन स्वतन्त्र उम्मेदवारलाई समर्थन गर्ने भन्ने सभापति विष्टले बताएका छैनन् । यसअघि रास्वपाले कीर्तिपुरमा जयराम कार्कीलाई उम्मेदवार बनाउने तयारी गरेको थियो ।

रास्वपाले काठमाडौँ महानगरपालिका–१६ भने उम्मेदवारी दिने भएको छ । रास्वपाले

सो वडामा रोजिना श्रेष्ठलाई उठाउने निर्णय गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट