सोमबार, बैशाख ८ २०८२

सोमबार, बैशाख ८ २०८२

रास्वपाले कीर्तिपुर नगरपालिकामा उम्मेदवारी नदिने

रास्वपाले कीर्तिपुर नगरपालिकामा उम्मेदवारी नदिने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले कीर्तिपुर नगरपालिकाको मेयरका लागि उम्मेदवारी नदिने भएको छ । रास्वपाले यही मंसिर १६ गते हुने मतदानका लागि कीर्तिपुर नगरपालिकामा उम्मेदवारी दर्ता नगराउने निर्णय गरेको हो ।

रास्वपाका काठमाडौं सभापति प्रदीप विष्टले कीर्तिपुर नगरपालिकामा स्वतन्त्र उम्मेदवारमध्ये कसलाई समर्थन गर्ने पार्टीले निर्णय लिने बताए ।

तर, कुन स्वतन्त्र उम्मेदवारलाई समर्थन गर्ने भन्ने सभापति विष्टले बताएका छैनन् । यसअघि रास्वपाले कीर्तिपुरमा जयराम कार्कीलाई उम्मेदवार बनाउने तयारी गरेको थियो ।

रास्वपाले काठमाडौँ महानगरपालिका–१६ भने उम्मेदवारी दिने भएको छ । रास्वपाले
सो वडामा रोजिना श्रेष्ठलाई उठाउने निर्णय गरेको छ ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend