२०८३, आषाढ १४ गते

आइतवार, आषाढ १४ गते २०८३

मन्त्रिपरिषद् निर्णय : पूर्वसभामुख ढुंगानाको निधनमा आज सार्वजनिक बिदा, आधा झण्डा झुकाइने

सोमवार , मंसिर ३, २०८१

काठमाडौैँ । सरकारले पूर्वसभामुख दमननाथ ढुंगानाको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने भएको छ ।

आज बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले राजकीय सम्मानका साथ पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए ।

उनका अनुसार सरकारले पूर्वसभामुख ढुंगानाको निधनमा शोक मनाउन आज सार्वजनिक बिदा दिने र नेपालका सरकारी कार्यालय र विदेशस्थित नेपाली कुटनीतिक नियोगहरुमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ ।

कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत पूर्वसभामुख ढुङ्गानाको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा ८३ वर्षको उमेरमा आइतबार दिउँसो निधन भएको थियो ।

ढुङ्गानाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आज बिहान ११ बजेदेखि ज्ञानेश्वरस्थित सानो गौचरणमा राखिने भएको छ ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट