logo

२०८१ मंसिर ३ सोमबार

logo
  • सोमबार, ३ मंसिर २०८१
  • स्व. ढुंगानालाई नेपाली जनताले लोकतान्त्रिक व्यक्तित्वको रुपमा चिन्नेछन् : अध्यक्ष दाहाल

    स्व. ढुंगानालाई नेपाली जनताले लोकतान्त्रिक व्यक्तित्वको रुपमा चिन्नेछन् : अध्यक्ष दाहाल

    161
    Shares
    स्व. ढुंगानालाई नेपाली जनताले लोकतान्त्रिक व्यक्तित्वको रुपमा चिन्नेछन् : अध्यक्ष दाहाल

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले स्व. दमननाथ ढुंगानाले शान्ति सम्झौता र संविधान सभाको वातावरण बनाउन अविष्मरणीय योगदान गरेको बताएका छन् ।

    सोमबार पूर्वसभामुख ढुंगानालाई अन्तिम श्रद्धाञ्जली दिन सानो गौचरण पुगेका उनले यस्तो बताएका हुन् । उनले स्व. ढुंगानालाई नेपालको लोकतान्त्रिक आन्दोलनको एउटा ऐतिहासिक व्यक्तित्वको रुपमा नेपाली जनताले सधैँ सम्झि रहने बताए ।

    दमननाथ ढुंगाना र पद्यरत्न तुलाधरले शान्ति सम्झौताको वातावरण र संविधान सभाको वातावरण बनाउन र देशलाई लोकतान्त्रिक गणतन्त्रमा ल्याउन खेलेको भुमिका अविष्मरणीय रहेको बताए ।

    उनले भने, ‘आदरणीय दमननाथ ढुंगाना नेपालको लोकतान्त्रिक आन्दोलनको एउटा ऐतिहासिक व्यक्तित्वको रुपमा नेपाली जनताले सधैँ सम्झि राख्नेछन् । उहाँप्रति श्रद्धाञ्जली व्यक्त गर्दै गर्दा शोकाकुल परिवारजन र आफन्तजनप्रति समवेदना प्रकट गर्दछु । उहाँ र पद्यरत्न तुलाधर दुई जना व्यक्तित्वले शान्ति सम्झौताको वातावरण र संविधान सभाको वातावरण बनाउन र देशलाई लोकतान्त्रिक गणतन्त्रमा ल्याउन खेलेको भुमिका अविष्मरणीय ठान्छु । शान्ति सम्झौताको तयारीको क्रममा उहाँसँग विशेष सम्बन्ध भयो । नेपाली जनताले लोकतान्त्रिक व्यक्तित्वको रुपमा उहाँको योगदानलाई लिनेछन् ।’

    अध्यक्ष दाहालले नेपाली जनताले लोकतान्त्रिक व्यक्तित्वको रुपमा ढुंगानालाई सधैँ स्मरण गर्ने बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend