२०८३, आषाढ ५ गते

शुक्रवार, आषाढ ५ गते २०८३

समग्र मोरङ जिल्लामा पानीको पहुँच सुधार्न सरकार प्रतिबद्ध छ : मन्त्री यादव

आइतवार , मंसिर ९, २०८१

मोरङ । खानेपानीमन्त्री प्रदीप यादवले निरन्तर पानी आपूर्ति परियोजनाहरूको विस्तार र स्थानीय विकासका योजनाहरूमा काम गर्दै, समग्र मोरङ जिल्लामा पानीको पहुँच सुधार्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

आज मोरङको उर्लाबारीमा निर्मित उर्लाबारी वृहत् सह–लगानी आयोजनाको उद्घाटन गर्नु हुँदै मन्त्री यादवले सो कुरा बताउनु भएको हो ।

उनले भने, “हामी निरन्तर पानी आपूर्ति परियोजनाहरूको विस्तार र स्थानीय विकासका योजनाहरूमा काम गर्दै, समग्र मोरङ जिल्लामा पानीको पहुँच सुधार्न प्रतिबद्ध छ ।”

यसैगरी मन्त्री यदावले स्थानीय बासिन्दाहरूका लागि स्वच्छ र पर्याप्त पानीको पहुँच सुनिश्चित गर्ने उद्देश्यले सुरु गरिएको उक्त परियोजनाले पानी आपूर्ति प्रणालीमा सुधार ल्याउने बताए । उनले भने, “उर्लाबारी वृहत् सह–लगानी आयोजनाले स्थानीय विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने मैले विश्वास लिएको छु, यहाँका नागरिकले शुद्ध र स्वच्छ पानी खान पाउने छन् ।”

उक्त आयोजनाले उर्लाबारी क्षेत्रका नागरिकहरूलाई पानीको समस्याबाट मुक्त गराउने एवं उन्नत जीवनशैली प्रदान गर्न मद्दत पुर्‍याउने मन्त्री यादवको भनाई छ । मन्त्री यादवले देशभर देखिएका खानेपानी सम्बन्धी समस्या समाधान गर्न सरकार सक्रिय रहेको भन्दै व्यक्तिगत रूपमा स्थलगत अनुगमन तथा अवलोकनमार्फत परियोजनाको प्रगतिबारे जानकारीसहित सुधारका लागि आफू कटिबद्ध रहेको बताए ।

दीर्घकालीन योजना कार्यान्वयन गर्दै स्थायी, भरपर्दो र सहज खानेपानी आपूर्ति सुनिश्चित गर्न सबै तहका साझेदारहरूसँगको सहकार्यलाई सुदृढ गर्ने मन्त्री यादवको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ