logo

२०८१ जेष्ठ २ बुधबार

logo
  • बुधबार, २ जेष्ठ २०८१
  • पाकिस्तानका तिव्र गतिका बलर महोम्मद आमिरले लिय सन्यास

    पाकिस्तानका तिव्र गतिका बलर महोम्मद आमिरले लिय सन्यास

    4.4K
    Shares

    पाकिस्तानका तिव्र गतिका बलर महोम्मद आमिरले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यासको घोषण गरेका छन् । २८ वर्षका आमिरले अन्तराष्ट्रिय खेलबाट सन्यास लिएको पाकिस्तानको क्रिकेट बोर्ड पीसिबिले जानकारी दिएको छ । आमिरले आफ्नो खेल जिवनमा ३६ टेष्ट,  ६१ एकदिवसिय र ५० टि-२० खेलेका छन् । उनको अन्तराष्ट्रिय क्रिकेटमा कुल दुई सय ५९ विकेट लिएका छन् । जसमा एक सय १९ टेष्ट विकेट, ८१ एकदिवसिय र ५० टि-२० विकेट रहेको छ । 

    छोटो खेल जिवनमा आमिरले निकै उताढचढावको सामना गरे ।  सन् २०१० को इंग्ल्याण्ड भ्रमणको समयमा म्याच फिक्सिंङको आरोपमा दोषी पाइएपछि उनलाई ५ वर्षको प्रतिबन्ध लगाइएको थियो । प्रतिबन्ध पछि वापसि गरेको आमिरले पाकिस्तानलाई २०१७ मा भएको च्याम्पिएन ट्रफि जिताउनलाई महत्वपुर्ण योगदान गरेका थिए । 

    पछिल्लो समय पाकिस्तानी टिम म्यानेजमेन्टसंगको असन्तुष्टि पछि आमिरले सन्यासको घोषणा गरेका हुन् । गत वर्ष टेष्ट क्रिकेटबाट सन्यास लिएका आमिरलाई गत महिना न्युजिल्याण्डका लागि छानिएको ३५ जनाको प्रारम्भिक टोलिबाट समेत हटाईएको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend