२०८३, आषाढ ५ गते

शुक्रवार, आषाढ ५ गते २०८३

कोशी प्रदेश सरकारद्वारा सशस्त्रलाई १७ लाखको विपद् सामाग्री हस्तान्तरण

बुधवार , मंसिर १२, २०८१

विराटनगर । कोशी प्रदेश सरकारले सशस्त्र प्रहरी बल बराह बाहिनी मुख्यालय इटहरीलाई विपद् नियन्त्रणका लागि विभिन्न सामाग्री हस्तान्तरण गरेको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज एक कार्यक्रमका बीच सशस्त्र प्रहरी बलका डिआइजी शम्भु सुवेदीलाई सामाग्री हस्तान्तरण गरेका हुन् ।

प्रदेश सरकारले उपलब्ध गराएको सामाग्रीहरूमा आगो नियन्त्रण गर्ने उपकरणहरू रहेका छन् । सशस्त्र प्रहरी बललाई उपलब्ध गराएको सामाग्रीको मूल्य करिब १७ लाख बराबरको रहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका निमित्त सचिव कमल थापाले जानकारी दिए ।

सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले विपद् नियन्त्रण कालागि जनताको सहयोग र सहकार्य आवश्यक हुने बताए । नीतिगत रूपमा विपद् व्यवस्थापनका कामहरू भए पनि व्यवहारिक रूपमा काम कार्यान्वयन नहुँदा जटिलता हुने गरेको कार्कीले उल्लेख गरे ।

‘असारमा बाढी आउँछ त्यही बेला विपद् नियन्त्रणको काम गर्छौ, फागुन चैतमा आगलागी हुने मौसम सुरु हुन्छ त्यही बेला आगो नियन्त्रणको लागि काम गर्छौ, यस्तो परिपाटी अन्त्य हुनुपर्छ, उनले भने, अब विपद् नियन्त्रण कालागि तिनै तहको सरकारहरूसँग समन्वय गरेर प्रविधिमा आधारित विपद् नियन्त्रणको काम गर्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ