मंगलबार, बैशाख २३ २०८२

मंगलबार, बैशाख २३ २०८२

जयकृष्ण गोइतले आर्थिक सहयोग गर्न धम्की दिएको मधेस प्रदेशका गृहमन्त्री लेखीको गुनासो

जयकृष्ण गोइतले आर्थिक सहयोग गर्न धम्की दिएको मधेस प्रदेशका गृहमन्त्री लेखीको गुनासो

मधेस प्रदेश । मधेस प्रदेशका गृह,सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखीले आफू नै असुरक्षित भएको बताएका छन् ।

गृहमन्त्री लेखी स्वयं असुरक्षित रहेको विषयको पुष्टी गृह, सञ्चार तथा कानून मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा उनले आफैँ पुष्टी गरेका हुन् । मन्त्री लेखीले आफूलाई आर्थिक सहायताको नाममा जयकृष्ण गोइतले धम्की दिएको बताए ।

आफूलाई केही दिन अगाडी आर्थिक सहयोगका लागि गोइतले फोन गरी धम्की दिएको मन्त्री लेखीले बताए ।

उनले भने, ‘जयकृष्ण गोइतको नाम सुन्नुभएको होला केही वर्ष अगाडीसम्म जनतान्त्रिक तराई मुक्ति मोर्चाको हिंसा गर्थे उनले नै मलाई आर्थिक सहयोगको नाममा धम्की दिए । गोइतले मलाई तपाईं मन्त्री हुनुहुन्छ श्रोत साधन छ, आर्थिक सहयोग गर्नुस्, नभए कसरी दिनुहुन्छ मलाई थाहा छ भन्दै धम्की दिए ।’

आर्थिक सहयोग नगरे देखाइदिने भन्दै धम्की आएको मन्त्री लेखीको भनाइ छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend