logo

२०८१ मंसिर १७ सोमबार

logo
  • सोमबार, १७ मंसिर २०८१
  • रेवतीरमण भण्डारी बने कोशीको आन्तरिक मामिला तथा कानुनमन्त्री

    रेवतीरमण भण्डारी बने कोशीको आन्तरिक मामिला तथा कानुनमन्त्री

    609
    Shares
    रेवतीरमण भण्डारी बने कोशीको आन्तरिक मामिला तथा कानुनमन्त्री

    कोशी प्रदेश । नेकपा (एमाले) कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारी सोमबार प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्री नियुक्त भएका छन् ।

    संविधानसभा सदस्य एवं एमालेका प्रदेशसभा सदस्य भण्डारीलाई मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्री नियुक्त गरेका हुन् । उनले सोमबार साँझ नै प्रदेश प्रमुख पर्शुराम खापुङबाट पद तथा गोपनीयताको शपथ लिए ।

    भण्डारी सुनसरीको निर्वाचन क्षेत्र नम्बर २ को ‘क’बाट प्रदेशसभा सदस्य निर्वाचित भएका हुन् । विवादास्पद जापान भ्रमणका कारण तत्कालीन आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले कात्तिक २१ गते राजीनामा दिएका थिए । त्यसयता आन्तरिक मामिला तथा कानुन मन्त्रालय मन्त्रीविहीन थियो ।

    अधिकारीमाथि मानव तस्करीको आरोप लागेपछि प्रहरीले पक्राउ गरेर अनुसन्धान गरेको थियो । तर, मानव तस्करीमा संलग्न भएको प्रमाण फेला नपरेको भन्दै जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले उनीविरुद्ध मुद्दा नचल्ने निर्णय गर्यो ।

    नवनियुक्त मन्त्री भण्डारीले कोशी प्रदेशमा बन्न बाँकी ऐन निर्माण गर्ने र ऐन कार्यान्वयन गर्ने आवश्यक नियमावली निर्माण गर्ने बताएका छन् । उनले नयाँ कानुन बनाउनुपर्ने भए प्रदेशसभामार्फत पहल लिने प्रतिबद्धता पनि जनाए ।

    कोशी प्रदेशको यातायात मन्त्रालय पनि आन्तरिक मामिला तथा कानुनमन्त्रीले नै सम्हाल्दै आएका छन् । भण्डारीले यातायात क्षेत्रलाई पारदर्शी बनाउन पहल गर्ने बताए । कोशीमा भौतिक पूर्वाधारमन्त्री भूपेन्द्र राईले स्वास्थ्य मन्त्रालयको पनि जिम्मेवारी सम्हालिरहेका छन् ।

    नेपाली कांग्रेसको डाक्टर शेखर कोइराला पक्षले मन्त्रीले नाम नदिएका कारण कांग्रेस नेता राईले दोहोरो जिम्मेवारी सम्हालिरहेका हुन् ।

    कोइराला पक्षले मन्त्रीको नाम कहिले दिन्छभन्ने टुंगो छैन । स्वास्थ्यमन्त्रीको नाम प्राप्त नभएका कारण सोमबार भण्डारीले मात्रै शपथ लिएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend