शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

‘छक्का पन्जा ३’ सार्वजनिक

‘छक्का पन्जा ३’ सार्वजनिक

काठमाडौं । सुपरहित फिल्म ‘छक्का पन्जा–३’ सार्वजनिक भएको छ । हाइलाइट्स नेपालको युट्युवमार्फत फिल्म बुधबार साँझ सार्वजनिक भएको हो ।
फिल्म सार्वजनिक भएको २४ घन्टा पनि नबित्दै युट्युव ट्रेन्डिङमा आउन समेत सफल भएको छ । समाचार तयार गर्दासम्म फिल्मले ५ लाख बढी दर्शक पाउँदै युट्युव ट्रेन्डिङको नवौं स्थान ओगट्न सफल भएको हो । अहिलेसम्म फिल्मले २७ हजार लाईक र करिब ४ हजार डिस्लाइक समेत पाएको छ । 

दिपाश्री निरौलाद्वारा निर्देशित फिल्ममा दीपकराज, दीपिका प्रसाईं, केदार घिमिरे, जितु नेपाल, शिवहरि पौडेल, बुद्धि तामाङ, लक्ष्मी गिरीलगायत कलाकारको अभिनय रहेको छ । प्रियंका कार्की, स्वस्तिमा खड्का, वर्षा राउत र संजोग कोइराला फिल्ममा अतिथि भूमिकामा देखिएका छन् । 

आमा सरस्वती मुभिज र आईएमईएको संयुक्त प्रस्तुति रहेको फिल्मको केदार घिमिरे (माग्ने बुढा) र जितु नेपाल (मुन्द्रे) कार्यकारी निर्माता हुन् । फिल्मको कथा दीपक आफैंले तयार पारेको हुन् । 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend