शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

हवाई कारबाही, मारिए २१ तालिाबानी लडाकू

हवाई कारबाही, मारिए २१ तालिाबानी लडाकू

एजेन्सी । अफगानिस्तानको दक्षिण प्रान्त हेलमाण्डको नवा जिल्लामा तालिबानी लडाकूलाई लक्ष्य गर्दै सेनाद्धारा गरिएको एक हवाई कारबाहीमा परी २१ जना मारिएका यहाँको गृह मन्त्रालयद्धारा बिहीबार जारी विज्ञप्तिमा जनाइएको छ ।
  
नवा जिल्लाको मोमेन खान क्षेत्रमा बुधबार एक सुरक्षा जाँचचौकीमा आक्रमणको लागि आएका तालिबान लडाकूसमूहमाथि हवाई कारबाही भएको जनाइएको छ । सैन्य विमानले गरेको यस कारबाहीमा परी २१ तालिबान आतङ्ककारी मारिनुको साथै अन्य नौ जना घाइते भएका जारी विज्ञप्तिमा जनाइएको छ ।
 
यस कारबाहीको ठूलो मात्रामा हातहतियारसमेत नष्ट भएको सैनिक स्रोतले जानकारी दएको छ ।  तालिबान लडाकू समूहले भने यस कारबाहीको केही टिप्पणी गरेका छैनन् । 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend