शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

कल्चर रिसोर्टमा रामकृष्ण ढकाल दिँदैछन् विशेष प्रस्तुती

कल्चर रिसोर्टमा रामकृष्ण ढकाल दिँदैछन् विशेष प्रस्तुती

पोखरा । सदाबहार गायक रामकृष्ण ढकालले आज (क्रिसमस इभको अवसरमा) पोखरामा विशेष प्रस्तुति दिने भएका छन् ।

पोखराको कल्चर रिसोर्टले क्रीसमस इभको अवसरमा आज सँगीतिक साँझ गर्ने भएको छ । । साथमा स्थानीय कलाकारको प्रस्तुति साथै 
डिजेको मजा समेत लिन सकिने रिसोर्टले बताए। 

कार्यक्रमका लागि भीआईपी र जनरल गरी २ थरी टिकट बुक गर्न सकिनेछ। भीआईपी टेवलको २० हजार र जनरल टेवलको १० हजार रहेको छ। भीआईपी र जनरल दुवै टेवलका लागि विशेष व्यवस्था हुने पनि रिसोर्टले जनाएको छ ।

साँझ ५ बजे सुरु हुने कार्यक्रम राती १० बजे सम्म चल्नेछ। अङ्ग्रेजी नयाँ बर्षको अवसरमा पनि रिसोर्टले पुस १६ गते साँझ गायिका इन्दिरा जोशीको प्रस्तुतीसँगै सांगीतिक कार्यक्रम गर्ने बताइएको छ।
 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend