शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

अक्सिजन ट्यांकले हानेर कोरोना संक्रमित युवकद्धारा अर्का संक्रमितको हत्या

अक्सिजन ट्यांकले हानेर कोरोना संक्रमित युवकद्धारा अर्का संक्रमितको हत्या

एजेन्सी । क्यालिफोर्नियाको लान्कास्टरस्थित एन्टेलोप उपत्यकाको कोरोना अस्पतालमा अक्सिजन ट्यांकले हाने एक संक्रमितले अर्का संक्रमितको हत्या गरेका छन् । उनलाई बुधबार पक्राउ गरी हिरासतमा लिइएको छ । 

लस एन्जलस काउन्टी सेरिफ विभागका अनुसार ३७ वर्षीय जेस मार्टिनेजले अक्सिजन ट्यांकले हानेर ८२ वर्षीय अर्का संक्रमितको हत्या गरेका छन् । विभागका अनुसार ती वृद्ध आफ्नो कोठामा सरेदेखि जेस मार्टिनेज निराश भएका थिए, कोठा सेयर गरेर बस्नु परेपछि उनले ती वृद्धको हत्या गरेको प्रहरीले जनाएको छ । 

मार्टिनेजलाई हत्या, हेट क्राइम र दुव्र्यवहारको आरोपमा मुद्दा चलाइएको छ । विभागका अनुसार सोमबार एन्टेलोप भ्याली अदालतमा मुद्दाको सुनुवाई हुनेछ । 

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend