शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

इथियोपियामा विद्रोहीको आक्रमण, मृत्तकको संख्या २०७ पुग्यो

इथियोपियामा विद्रोहीको आक्रमण, मृत्तकको संख्या २०७ पुग्यो

काठमाडौं । पश्चिमी इथियोपियामा भएको नरसंहारमा मृत्यु हुनेको संख्या २०७ पुगेको छ । गत बुधबार विद्रोहीहरुको आक्रमणबाट पश्चिमी सांगुल गुमु क्षेत्रमा भएको नरसंहारमा मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने रेडक्रसले जनाएको छ ।

प्रधानमन्त्री अबी अहमदले विद्रोहीको हमला निन्दनीय भएको भन्दै कारवाहीको भागीदार बन्ने चेतावनी दिएका छन् । विद्रोहीहरुले मेटेकल क्षेत्रको बुलेन काउन्टीको बेकोजी गाउँमा सर्वसाधारणममाथि जथाभावी गोली प्रहार गरेका थिए ।

विद्रोहीको आक्रमणका कारण् चार लाख भन्दा बढी बिस्थापित भएको स्थानीय मानवअधिकार आयोगले जनाएको छ । जातीय हिंसा भइरहेको सो स्थानमा बिद्रोहीले पटक–पटक व्यक्ति हत्या र अपहरणका घटनाहरु दोहोर्‍याइरहेको अधिकारकर्मीहरुले जनाएका छन् ।

विद्रोहीको आक्रमणलगत्तै सरकारी सेनाले सुरक्षा दिए पनि सर्वसाधारण भने अझै त्रसित नै रहेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । गत सेप्टेम्बरदेखि विद्रोहीहरुले सो स्थानलाई निशाना बनाउँदै पटक पटक हिंसात्मक आक्रमणहरु गरिरहेका छन् ।

इथियोपियामा आगामी जुनमा निर्वाचनको घोषणा भएको छ । तर त्यसअघि नै विभिन्न जातीय समूहहरुबीच पटक–पटक झडप हुँदा कयौं सर्वसाधारण मारिनुका साथै विस्थापित पनि भएका छन् । युरोपियन युसनियनले विज्ञप्ती जारी गरेर जातीय हिंसा र मानवअधिकार उल्लंघनका घटना नदोहोर्‍याउन विद्रोहीहरुलाई चेतावनी दिएको छ । एजेन्सी

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend