
काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनबाट कार्यसमिति सदस्य पदमा निर्वाचित भएका कृष्णलाल महर्जनलाई नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्चले बधाई ज्ञापनसहित सम्मान गरेको छ । राजधानीमा शनिबार एक कार्यक्रम गर्दै मञ्चले सम्मान गरेको हो ।
महर्जनलाई सम्मान व्यक्त गर्दै मञ्चका अध्यक्ष गणेशप्रसाद लकान्द्रीले भने, ‘नेपाली सुनचाँदी क्षेत्रका सफल व्यक्तित्व, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका महासचिव आदरणीय व्यक्तित्व महर्जनज्यू निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनबाट कार्यसमिति पदमा निर्वाचित हुनु भएकोमा हार्दिक बधाई ज्ञापन गर्दछौं ।’
सम्मान तथा बधाई ग्रहण गर्दै महर्जनले सम्पूर्ण व्यवसायीको हकहतिका लागि आफू प्रतिबद्ध भएर काम गर्ने भनाइ राखे । उनले निजी क्षेत्रले भोग्नु परेको समस्याका विषयमा आफूले आवाज उठाउने पनि बताए ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend