शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

जापानले लगायाे विदेशी नागरिक प्रवेशमा राेक 

जापानले लगायाे विदेशी नागरिक प्रवेशमा राेक 

पुस १२ काठमाडौँ, जापानले नेपाललगायतका अन्य मुलुकबाट आउने विदेशी नागरिकहरुलाई प्रवेशमा रोक लगाउने निर्णय गरेको छ । कोभिड–१९ काे नयाँ प्रकार भेटिएसँगै सोमबारबाट लागू हुने गरी जापानले विदेशी नागरिक प्रवेशमा रोक लगाउने निर्णय गरेको हो ।

जापानको विदेशमन्त्रालयका अनुसार यो प्रतिबन्ध जनवरीको अन्तिमसम्म कायम रहने जापानको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । 

जापानी नागरिक तथा जपानमा बसोबास गर्ने विदेशीहरुले भने जापानमा आउन पाउनेछन् । तर, उनीहरुले १४ दिन सेल्फ क्वारेन्टिनमा बस्नुपर्ने छ । 

शनिबार जापानको टोकियोमा कोरोनाको नयाँ प्रकारकाे २ जना संक्रमित फेला परेका थिए । उनीहरु बेलायत भ्रमणबाट फर्किएका थिए । यसअघि शुक्रबार पनि बेलायतबाट आएका ५ जनामा संक्रमण देखिएको थियो ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend