शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

सैनिक हेलिकप्टर दुर्घटना

सैनिक हेलिकप्टर दुर्घटना

इस्लामाबाद । पाकिस्तानी सेनाको एउटा हेलिकप्टर उत्तरी गिल्गिट बाल्टिस्तान क्षेत्रमा शनिबार दुर्घटनाग्रस्त भएको सेनाले जनाएको छ । 

उक्त दुर्घटनामा दुई पाइलट र दुई सैनिकसहित चार जनाको मृत्यु भएको सेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सेनाले उक्त हेलिकप्टर प्राविधिक गडबडीका कारण दुर्घटनाग्रस्त भएको जनाएको छ । 

बाल्टिस्तान क्षेत्रमा गोली लागेर घाइते भएका एक सिपाहीको उद्धारका लागि खटिएको हेलिकप्टर दुर्घटनाग्रस्त भएको हो । 

स्थानीय एक स्रोतले बताए अनुसार निर्जन पहाडी इलाकामा हेलिकप्टर दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनाग्रस्त हेलिकप्टर पूर्ण रुपमा नष्ट भएको बताइएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend