शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

कोरोना बीमा पुलमा ३० करोड भुक्तानी

कोरोना बीमा पुलमा ३० करोड भुक्तानी

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीबाट दुई अर्ब रुपैयाँ बाहिरिँने भएको छ  । पहिलो एक अर्ब रुपैयाँ कोरोना बीमाको दावी भुक्तानीको लागि नफर्कने गरी बाहिरिन लागेको हो भने दोसो अर्ब रुपैयाँ नेपाल सरकारले स्थापना पुनकर्जा कोषमा पठाउन लागेको हो ।

कोरोना बीमाको एक अर्ब दायित्व भुक्तानी गर्ने सम्झौता गरेको पुनर्बीमा कम्पनीले हालसम्म बीमा पुलमा ३० करोड रुपैयाँ भुक्तानी गरिसकेको  छ । पुनर्बीमा कम्पनी स्रोतका अनुसार , ‘३० करोड रुपैयाँ कोरोना बीमा पुलमा पठाइसकेक छ  ।’ कोरोना बीमा पुलमा रकम अभाव भएर दावी भुक्तानीमा समस्या परेपछि पुनर्बीमा कम्पनीले रकम भुक्तानी गरेको हो । कोरोना बीमा मापदण्ड २०७७ मा नेपाल पुनर्बीमा कम्पनीले एक अर्ब रुपैयाँ दायित्व बहन गर्ने उल्लेख छ ।

त्यस्तै, नेपाल सरकार अर्थमन्त्रालयका सचिव शिशिर कुमार ढुंगाना अध्यक्ष रहेको कोभिड प्रभावितहरुलाई कर्जा उपलब्ध गराउने समितिमा नेपाल पुनर्बीमा कम्पनीले एक अर्ब रुपैयाँ भुक्तानी गर्नेछ । कम्पनीले अर्थमन्त्रालयसँग सो सम्बन्धी सहमति गरिसकेको छ । सम्झौता अनुसार छिट्टै सो रकम उपलब्ध गराउने पुनर्बीमा कम्पनीले जनाएको छ ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend