शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

कक्षा १२ का छुट परीक्षा पुस १६ गते देखि

कक्षा १२ का छुट परीक्षा पुस १६ गते देखि

काठमाडाैं । कोरोनाका कारण यसअघिकाे परीक्षामा सहभागी हुन नपाएका कक्षा १२ का विद्यार्थीले  परीक्षा दिन पाउने भएका छन् ।  परीक्षा पुस १६ गतेदेखि सुरु हुने राष्ट्रिय परीक्षा बोर्डले सूचना मार्फत  जानकारी दिएको छ।

गत मंसिर ९ गतेदेखि १६ गतेसम्म कक्षा १२ को परीक्षा भएको थियो । कोरोना लागेका कारण कतिपय विद्यार्थी परीक्षामा सहभागी हुन पाएका थिएनन् । 

यसअघि परीक्षामा छुटेका विषयहरूको परीक्षा पुस १६ गतेदेखि सुचारू हुने बोर्डले जनाएको छ । परीक्षा छुटेको जानकारी बोर्डमा दिएका विद्यार्थी परीक्षामा सहभागी हुन हुने बोर्डको भनाइ छ ।

परीक्षाको समयतालिका बोर्डको वेवसाइटमा राखिएको छ । परीक्षा विद्यार्थी पढेकै विद्यालयबाट दिन सक्नेछन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend