शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

ट्रम्पले गरे कोरोना भाइरस राहत प्याकेज सम्बन्धी विधेयकमा हस्ताक्षर

ट्रम्पले गरे कोरोना भाइरस राहत प्याकेज सम्बन्धी विधेयकमा हस्ताक्षर

पुस १३ काठमाडाैं, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना महामारीका कारण वित्त समस्यामा आएका नागरिकाका लागि राहत प्याकेज सम्बन्धी विधेक कानूनमा परिणत गरेका छन् ।

सदनबाट पास भएको प्याकेजमा अनावश्यक खर्च रहेको र नागरिकका लागि कम रकम छुट्याइएको भनी हस्ताक्षर गर्न अस्वीकार गरेका ट्रम्पले आइतबार बेलुका विधेयकमा हस्ताक्षर गरेका हुन् । केही दिनदेखि फ्लोरिडाको गल्फ क्लबमा रहेका ट्रम्पले विधेयकमा हस्ताक्षर गरेका हुन् ।

नागरिकका लागि दिइने रकम ६०० बाट बढाएर २ हजार डलर बनाउन डेमोक्र्याटहरु पहिलेदेखि नै तयार थिए तर ट्रम्पकै पार्टी रिपब्लिकनका सांसदहरु विपक्षमा उभिएका थिए ।

कोरोना भाइरस सहायता विधेयक भनिए पनि त्यसमा कोभिड–१९ सँग सम्बन्धित कुनै पनि व्यवस्था नरहेको ट्रम्पले आरोप लगाएका थिए । उनले विभिन्न देशका लागि सहयोग गर्न छुट्याइएको रकम अनावश्यक भएकाे र त्यसलाई तत्काल हटाउन पनि भनेका थिए ।

राहत प्याकेजमा समस्यामा परेका नागरिकका लागि नगद प्रदान गर्ने तथा महामारीका कारण प्रभावित व्यवसाय सञ्चालनका लागि सहयोग तथा बेरोजगार भत्ता समावेश छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend