
पुस १३ काठमाडाैं, सुनको भाउ साेमबार तोलामा सात सय रुपैयाँले बढेको छ ।
साेमबार छापावाला सुनकाे मूल्य तोलाको ९४ हजार ९ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै, तेजाबी सुन तोलाको ९४ हजार चार सय रुपैयाँमा किनबेच भइरहेको छ ।
चाँदीको भाउ पनि साेमाबार तोलामा ३५ रुपैयाँ बढेर एक हजार तीन सय १५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend