logo

२०८१ मंसिर ६ बिहिबार

logo
  • बिहिबार, ६ मंसिर २०८१
  • घाइते फुटबल खेलाडीको उपचार कतारमा

    घाइते फुटबल खेलाडीको उपचार कतारमा

    2K
    Shares

    कठमाडौं । घाइते नेपाली फुटबल खेलाडी विमल घर्ती मगर र विक्रम लामाको कतारमा उपचार गरिने भएको छ । राष्ट्रिय फुटबल टोलीका महत्वपूर्ण खेलाडीका रुपमा रहेका घर्ती मगर र लामाको उपचारका लागि अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले कतार फुटबल सङ्घलाई अनुरोध गरेको थियो । कतारले सहमति जनाएपछि अब दुवै खेलाडीको उपचार विदेशमा हुने भएको हो । एन्फा प्रवक्ता किरण राईका अनुसार घर्तीमगर र लामा घाइते भएपछि दुवैले बन्द प्रशिक्षण गुमाएका छन् । दुवै खेलाडी एक वर्षपछि राष्ट्रिय टोलीमा फर्किएका हुन् । 

    घाइते भएका कारण उनीहरुले प्रशिक्षण तथा विश्वकप फुटबलको छनोट खेल गुमाउने राइले बताउनुभयो । 

    लामाको खुट्टाको चोट बल्झिएको छ । उनी थ्री स्टारबाट खेल्ने क्रममा तीन वर्षअघि घाइते भएका थिए । घर्तीमगर भने बन्द प्रशिक्षणका क्रममा घाइते भइका हुन्। उनको घुँडामा गम्भीर चोट लागेको छ । 

    यसअघि एन्फाले नवीन महर्जन र रवीन श्रेष्ठलाई उपचारका लागि कतार पठाएको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend