२०८३, आषाढ १३ गते

शनिवार, आषाढ १३ गते २०८३

०७ सालको क्रान्तिको जगमा अहिलेको परिवर्तन भएको हो : रामवरण यादव

मंगलवार , मंसिर २५, २०८१

काठमाडौँ । नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले २००७ सालको क्रान्तिको जगमा अहिलेको उपलब्धी प्राप्त भएको बताएका छन् ।

सोमबार साँझ जनकपुरधाममा महेन्द्रनारायण निधीको जीवनमा आधारित पुस्तक ‘नेपालका निधी’को लोकार्पण समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले पूर्वी मधेस बलिदानी ठाउँ भएको उल्लेख गर्दै बलिदानको उपलब्धिस्वरुप अहिले आफू जस्तो सामान्य व्यक्ति सरकार प्रमुख बनेर काम गरेको बताए ।

उनले ०६२÷०६३ को परिवर्तन २००७ सालको क्रान्तिको जगमा भएको बताए । २००७ सालको क्रान्ति फेल भएको भए यो परिवर्तन सम्भव नरहेको उनको भनाई थियो ।

उनले अहिलेको उपलब्धि प्राप्त गर्नुमा सम्पूर्ण देशवासीको योगदान रहेको बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट