२०८३, आषाढ १३ गते

शनिवार, आषाढ १३ गते २०८३

क्रान्तिकारी कम्युनिष्ट पार्टीको महासचिवमा मोहन वैद्य सर्वसम्मत

मंगलवार , मंसिर २५, २०८१

काठमाडौं । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले मोहन वैद्यलाई महासचिव चयन गरेको छ ।

मंसिर १३ देखि २३ गतेसम्म काठमाडौंमा भएको महाधिवेशनले किर वैद्यलाई सर्वसम्मतिले महासचिवका रुपमा चयन गरेको हो । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी पार्टीले महाधिवेशनबाट संगठनात्मक दृष्टिकोणले महासचिवीय प्रणालीमा जाने, पूर्ण केन्द्रिय समिति ११७ जनाको, ९५ जनाको वैकल्पिक केन्द्रिय सदस्य राख्ने, केन्द्रिय परिषद् समेत बनाउने निर्णय गरेको जनाएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै पार्टीका नेता सिपी गजुरेलले बेल्ड एण्ड रोड इनिसिएटिभ (बिआरआई) परियोजनाअन्तर्गत सहायता मात्रै लिने भनेर नेपाली कांग्रेसले राष्ट्रवादी देशभक्त देखिन खोजेको आरोप लगाए । उनले बिआरआईबाट नेपालले भविष्यमा धेरै आर्थिक फाइदा लिनसक्ने भएकाले आफ्नो पार्टीले बिरोध नगर्ने बताए ।

उनले भने, ‘अहिले कांग्रेसले बडो राष्ट्रवादी देशभक्त देखिनको लागि के गरिरहेको छ भने यो बिआरआई बनाउन दिने, तर के गर्ने भने ऋणमा होइन, सहायतामा दिनुपर्छ भनेर शर्त राखिदिएको छ । नाफा कमाउनका निम्ति चीनले त्यो गरिरहेको छ । यतातिर कांग्रेसले ऋण लिनेकुरा हुँदैन, पूरै सहायतामा बनाउनुपर्छ भनिरहेको छ ।

त्यसमा विवाद निस्किएको छ । त्यो त चीन र नेपालले टुंग्याउने कुरा हो । हामीले यो हुनुपर्छ भन्नेकुरा भएन । तर हामीले अहिले नै बिआरआईको बिरोध गरिहाल्नुपर्ने अवस्था देखेका छैनौँ । भविष्यमा हामीले गर्नसक्ने हो भने त्यसबाट नेपाललाई अर्थिक फाइदा हुनसक्ने सम्भावना भएकाले बिआरआईमा हामीले बिरोध गरेका छैनौँ ।’

पार्टीले राष्ट्रियता, जनतन्त्र तथा जनजीविकाका समस्याहरुलाई लिई पार्टीको स्वतन्त्र पहल र कार्यगत एकता एवं संयुक्त मोर्चा गरी संघर्षका कामलाई अगाडि बढाउँदै लैजाने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट