शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

तोलाकोे आठ सयले घट्यो सुनको मूल्य 

तोलाकोे आठ सयले घट्यो सुनको मूल्य 

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला आठ सयले ओरालो लागेको छ । प्रतितोला सात सयले सोमबार उकालो लागेको सुनको मूल्य आज पुनः ओरालो लागेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन प्रतितोला ९४ हजार १०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । छापावाला सुन प्रतितोला ९४ हजार ९०० मा सोमबार कारोवार भएको थियो । यस्तै तेजाबी सुन सोमबार प्रतितोला ९४ हजार ४०० मा कारोवार भएकामा आज प्रतितोला ९३ हजार ६०० मूल्य निर्धारण भएको छ । तेजाबी सुन पनि प्रतितोला ८०० ले घटेको छ । 

त्यस्तै चाँदीको मूल्य पनि प्रतितोला १५ ले घटेको छ । प्रतितोला एक हजार ३१५ मा सोमबार कारोवार भएको चाँदी आज भने एक हजार ३०० मूल्य निर्धारण भएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend