२०८३, आषाढ १३ गते

शनिवार, आषाढ १३ गते २०८३

पर्वतीय क्षेत्रमा सामना गरेका जलवायु परिवर्तनका चुनौतिहरु डरलाग्दा छन् : वनमन्त्री ठकुरी

बुधवार , मंसिर २६, २०८१

काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले नेपालले पर्वतीय क्षेत्रमा सामना गरेका जलवायु परिवर्तनका चुनौतिहरु डरलाग्दो रहेको बताएका छन् ।

बुधबार ललितपुरमा अन्तर्राष्ट्रिय पर्वतीय दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ठकुरीले पर्वतीय क्षेत्रमा सामना गरेका जलवायु परिवर्तनका डरलाग्दा चुनौतिहरु रहेपनि सम्बोधन गर्न नसकिने किसिमका नरहेको उल्लेख गरेका हुन् ।

उनले पर्वतीय इकोसिस्टमको संरक्षण गर्नका लागि पर्वतीय समुदायको क्षमता विकास र आवश्यकता पहिलो प्राथमिकता भएको बताए । उनले हिमाली क्षेत्रको जैविक विविधता संरक्षण, स्थानीय समुदायको जीविकोपार्जनमा टेवा दिन तथा उनीहरुको जलवायु उत्थानशील भविष्यको लागि एकतावद्ध भएर काम गर्न आग्रह गरे ।

उनले जथाभावी गरिएका भौतिक विकास, वन अतिक्रमण, वन फडानी, मानव—वन्यजन्तु द्वन्द्वले हिमालहरु जलवायु जोखिमको चपेटामा परेको बताए । उनले जलवायु परिवर्तनका कारण मौसममा आएको परिवर्तनले बाढी, पहिरोजन्य घटनाहरुमा वृद्धि भएको र अर्थतन्त्र धरापमा परेको उल्लेख गरे ।

उनले पर्वतीय संरक्षणको कार्य एक्लो प्रयासले सम्भव नरहेकाले सबै मिलेर पर्वतहरुको संरक्षण गर्नुपर्ने बताए । उनले जलवायु उत्थानशील भविष्य हासिल गर्न सरकार, अन्तर्राष्ट्रिय संस्था स्थानीय समुदाय, अनुसन्धानकर्ता, नागरिक समाज र निजी क्षेत्रले हात मिलाएर काम गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट