logo

२०८१ मंसिर २७ बिहिबार

logo
  • बिहिबार, २७ मंसिर २०८१
  • संविधानको रक्षा र लोकतान्त्रिक व्यवस्थाको सुदृढिकरण सरकारको मुख्य कार्यभार हो : गृहमन्त्री

    संविधानको रक्षा र लोकतान्त्रिक व्यवस्थाको सुदृढिकरण सरकारको मुख्य कार्यभार हो : गृहमन्त्री

    154
    Shares
    संविधानको रक्षा र लोकतान्त्रिक व्यवस्थाको सुदृढिकरण सरकारको मुख्य कार्यभार हो : गृहमन्त्री

    काठमाडौं । गृहमन्त्री रमेश लेखकले संविधानको रक्षा गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरण सरकारको मुख्य कार्यभार भएको बताएका छन् ।

    बिहीबार काठमाडौंमा आयोजित शान्ती, सुरक्षा तथा विपद् व्यवस्थापनसम्बन्धी अन्तर प्रदेशस्तरीय कार्यशाला गोष्ठीमा बोल्दै मन्त्री लेखकले यस्तो बताएका छन् ।

    उनले संविधानलाई असफल बनउने छुट कसैलाई नभएको बताए । उनले नेपालमा ६८ वर्षको अवधीमा सात वटा संविधान बनेको स्मरण गरउँदै संविधान धेरै बन्नु राजनीतिक अस्थिरताको उदाहरण भएको बताए ।

    उनले संविधानलाई असफल बनाउन संविधान विरोधी गतिविधिहरु गर्ने र वर्तमान व्यवस्थालाई असफल सावित गर्ने प्रयत्न हुने गरेको उल्लेख गर्दै त्यसका विरुद्ध कडा रुपले उभिन जरुरी रहेको बताए । उनले भोतिक विकास निर्माण र आर्थिक वृद्धि गर्न नसक्दा जनतामा केही असन्तुष्टि रहेपनि संविधानकै कारण मुलुकमा समृद्ध बन्न नसकेको भाष्य निर्माण गर्ने दुष्प्रयास भइरहेको बताए । संविधान विरोधी गतिविधिहरु कुनैपनि हिसावले क्षम्य नहुने लेखकको भनाइ छ ।

    उनले भने, ‘हामीले संविधान बनाएका छौं । तुलनात्मक रुपमा हेर्दा यो संविधान अन्य देशका संविधानको तुलनामा असल छ । संसारभरका संविधानहरुलाई अध्ययन गरेर बनाएको हुनाले हाम्रो संविधान कान्छो र सफल हो । संविधानमा हामीले गणतन्त्र र संघीयताको विषयमा महत्वपूर्ण निर्णय गरेका छौं ।

    हाम्रा नयाँ अभ्यासहरु प्रयोग भएका छन् । त्यसरि नै हाम्रा लोकतान्त्रिक मुल्य मान्यताहरुलाई यो संविधानमा समावेश गरेका छौं । यो संविधानको रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढिकरण आजको मुख्य कार्यभार हो । मैले एउटा कुरा निरन्तर भन्ने गरेको छु, यो संविधानलाई असफल बनाउने छुट हामी कसैलाई छैन ।

    किनभने नेपाल ६८ वर्षमा ७ वटा संविधान बनेको देश हो । हामीले ७ वटा संविधान बनाएका छौं । धेरै, सडक, पलु र विश्वविद्यालय बनाउने कुरा राम्रो हो । धेरै संविधान बनाउने कुरा बेठिक हो । धेरै संविधान बन्नु भनेको मुलुकको राजनीतिक अस्थिरताको उदाहारण हो । ६८ वर्षसम्म हामी राजनीतिक अस्थिरतामा हामी गुज्रियौं । त्यसो भएका कारणले अब यो संविधानलाई असफल हुन दिनुहुन्न ।

    संविधानलाई असफल बनाउन संविधानविरोधी गतिविधिहरु गर्ने र वर्तमान व्यवस्थालाई असफल सावित गर्न प्रयत्न गर्ने कोसिशहरु हुने गरेका छन् । त्यसका विरुद्ध हामी कडा रुपले उभिन जरुरी छ । केही कुराहरुमा समाधान गर्न नसक्दा नागरिकमा असन्तुष्टि भएपनि संविधानको कमजोरीका कारण मुलुकको विकास हुन नसकेको भन्ने भाष्य र गतिविधि भइरहेका छन् यस्ता गतिविधिहरु कुनैपनि हिसावले क्षम्य हुँदैनन् ।’

    उनले मुलुकमा साइबर अपराधका घटनाहरु बढिरहेको बताए । उनले व्यक्तिगत चरित्रहत्या र समाजको शान्ती व्यवस्था खल्बल्याउने अपराधिक क्रियाकलापहरु बढेको उल्लेख गर्दै यसका विरुद्ध सरकार निर्मम ढंगले प्रस्तुत हुने बताए ।

    जनतालाई कानूनी राज्यको प्रत्याभुति दिलाउने सवालमा सरकारले कसैसँग सम्झौता नगर्ने उनको भनाइ छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend