बुधबार, बैशाख ३ २०८२

बुधबार, बैशाख ३ २०८२

संसद सेवाको लक्ष्यमा पुग्नसक्यौं कि सकेनौं भनेर समिक्षा गर्नुपर्ने बेला भयो : अध्यक्ष दाहाल

संसद सेवाको लक्ष्यमा पुग्नसक्यौं कि सकेनौं भनेर समिक्षा गर्नुपर्ने बेला भयो : अध्यक्ष दाहाल

काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले संसद सेवाको प्रभावकारिताबारे समिक्षा गर्नुपर्ने बताएका छन् ।

शुक्रबार सिंहदरबारमा १८ औँ संघीय संसद सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताएका छन् ।

उनले २३ वर्षअघि गठन गरिएको संसद सेवाको लक्ष्यमा पुग्नसक्यौं कि सकेनौं भनेर समिक्षा गर्नुपर्ने बेला भएको बताए । उनले संसदको आवश्यकताअनुसार संसद सेवाको पुनःसंरचनाको लागि नीतिगत, तथा व्यवहारिक पहलकदमी बढाउनुपर्नेमा जोड दिए ।

उनले संविधानमा राज्यका तीन वटै अंगहरुको भूमिका प्रष्टसँग उल्लेख गरिएको उल्लेख गर्दै व्यवहारिक रुपमा प्रयोग भए–नभएको समिक्षा गर्न जरुरी रहेको समेत बताए ।

उनले भने, ‘संसदको मुख्य काम कानून निर्माण, संसदीय निगरानीका साथै सरकारलाई जवाफदेही र जनताप्रति उत्तरदायी बनाउन निरन्तर खबरदारी गरिरहनु हो । आजको संसद्ले आफ्नो मुख्य काममा कतिका प्रभावकारी भुमिका निर्वाह गरिरहेको छ ? संघीय संसद र सांसदहरुले खेलेको भुमिका कस्तो छ ? २३ वर्षअघि जुन लक्ष्य, उद्देश्य र सोचले लिएर अलग्गै संसद सेवा गठन गरिएको थियो ।

यसको लक्ष्यमा हामी पुग्नसक्यौं कि सकेनौं ? स्वायत्त सेवाको रुपमा गठन गरेको संसद सेवाले सेवाको प्रभावकारितामा योगदान दिन के कस्ता वाधा र व्यवधानहरु भोगिरहेको छ ? संसद सेवा आफैं कति स्वायत्त र बलियो छ ? हामीले विभिन्न फोरमहरुमा छलफल गरेर निस्कर्ष निकाल्नुपर्छ । म विशेष जोड दिएर भन्न चाहान्छु, हरेका वर्ष मनाइने यो संसद सेवा दिवसमा मात्र छलफल, बहस गरेर पुग्दैन ।

संसदको आवश्यक्ता अनुसार संसद सेवाको पुर्नसंरचनाको लागि नीतिगत, तथा व्यवहारिक पहलकदमी बढाउन उत्तिकै जरुरी छ । हामीले संविधानमै राज्यका तीन अंग र तिनका भूमिकालाई प्रष्ट गरिसकेका छौं । व्यवहारिक रुपमा त्यसको प्रयोग भइरहेको छ कि छैन त्यसका बारेमा पनि हामी सबै पक्षले समिक्षा गर्न जरुरी छ ।’

सचिवालयका कर्मचारी सांसद र सरकारले संसद सेवालाई प्रभाकारी बनाउन महत्वपूर्ण भुमिका खेल्नुपर्नेमा उनको जोड छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend