२०८३, आषाढ १३ गते

शनिवार, आषाढ १३ गते २०८३

माओवादी केन्द्रीय समिति बैठक पुस २१ गतेदेखि

शुक्रवार , मंसिर २८, २०८१

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी समितिको बैठकले स्थानीय तहको उपनिर्वाचनमा पार्टीले उत्साहजनक मत पाएको निस्कर्ष निकालेको छ ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको बैठकले जनताले एकचोटि फेरि माओवादी केन्द्रलाई साथ दिने मनशाय बनाएको सन्देश उपनिर्वाचनले दिएको निस्कर्ष निकालेको हो ।

स्थायी समिति बेठकका निर्णय सुनाउँदै पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले संसदका दुई ठूला दल कांग्रेस र एमाले मिलेर जाने सोचलाई उपनिर्वाचनले खण्डित पारेको बताए । वर्तमान सरकार ट्रंकलाइनको महशुल उठाउनको लागि विद्युत प्राधिकरणले गरेको प्रयत्नमा अवरोध सिर्जना गर्ने, विश्वविद्यालयका नियुक्तिमा दबाब दिनेदेखि हरेक निकायहरुमा हस्तक्षेप तिब्र बढेको भन्दै पार्टीले आपत्ति जनाएको सापकोटाले बताए ।

उनकाअनुसार पुस २१ गतेदेखि पार्टीले केन्द्रीय समिति समेत बोलाएको छ । त्यसअगाडि पुस १७, १८, १९ र २० गते स्थायी समिति बैठक बोलाएको बस्ने उनले बताए ।

बैठकले पार्टीका तर्फबाट भएका कमिकमजोरहिरुको समिक्षा गर्ने र जनताको हितमा समर्पित हुँदै जनतासँगको सम्बन्धलाई सुदृढ बनाउने निर्णय समेत गरेको सापकोटाले बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट